सुनसरीको रामधुनी १ स्थित पूर्व पश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
काँकडभिट्टाबाट बीरगंजतर्फ जाँदै गरेको ना ५ ख ५२३६ न. को बसले पैदलयात्री तत्काल नाम, थर, वतन नखुलेकी अन्दाजी वर्ष ५५।६० की महिलालाई ठक्कर दिँदा उनको घटना स्थलमा नै मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
बस चालक सर्लाही हरिवन १० बस्ने बर्ष ३१ को सोमप्रसाद न्यौपाने ट्राफिक प्रहरी कार्यालय ईनरुवाको नियन्त्रणमा रहेका छन् ।














Discussion about this post