Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

स्थानीय तह निर्वाचन : सुनसरीमा के छ निर्वाचनको तयारी ? यसो भन्छन् सिडिओ (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
स्थानीय तह निर्वाचन : सुनसरीमा के छ निर्वाचनको तयारी ? यसो भन्छन् सिडिओ (भिडियोसहित)

कार्यक्रममा बोल्दै सुनसरीका सिडिओ ईन्द्रदेव यादव ।

194
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरी जिल्लामा १६६ वटा मतदानस्थल रहेको छ भने चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सुनसरीका १६६ वटा मतदानस्थलमा ५८१ वटा मतदान केन्द्र राखिनेगरी निर्वाचनको काम अन्तिमचरणमा पुगेको बताएका छन् ।

बिहीबार इटहरीमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजना, सुनसरी शाखाको समन्वय तथा संवाद समूहको सहकार्यमा भएको अन्र्तक्रिया बोल्दै उनले जिल्लामा रहेका मतदानस्थलमध्ये ४४ वटा अति संवेदनशील, ८० वटा संवेदनशील र ४२ वटा सामान्य रहेको बताए ।

सुरक्षा संवेदनशीलताका आधारमा तीन स्तरमा वर्गीकरण गरिएको उनको भनाइ छ ।

‘साबिकका निर्वाचनमा त्यहाँ भएका घटनाहरू र भुगोलको आधारमा हामीले पूर्वानुमान गरेर वर्गीकरण गरेका हौँ,’ उनले भने, ‘सबैभन्दा सामान्य राखिएको निर्वाचन स्थल पनि अति संवेदनशील हुनसक्छ, निर्वाचन भनेको ठ्याक्कै पूर्वानुमान गर्न सकिने घटना होइन ।’

सुनसरीमा दुईवटा उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिका गरी १२ वटा स्थानीय तह छन् । जसमा १२४ वटा वडामा सो संख्यामा मतदानस्थल रहेको प्रजिअ यादवको भनाइ छ ।

‘एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र रहेको छ, हामीले एउटा मतदान केन्द्रमा पाँचजना कर्मचारी खटिनेगरी काम गरिरहेका छौँ,’ उनले भने, ‘जसमध्ये चार हजार ९५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।’

उनका अनुसार १,१६६ जना नेपाल प्रहरी, ५१२ जना सशस्त्र प्रहरी बल, ३३० जना नेपाली सेना, १९ जना राष्ट्रिय अनुसन्धान समूह र २०६८ जना म्यादी प्रहरी गरी उक्त संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख, कृष्णप्रसाद पौडेलले आचारसहिंताले निर्वाचनलाई स्वच्छ बनाउने बताए ।

‘निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउनका लागि आचारसहिंता बनाइएको हो, यो सबैका लागि लागू हुन्छ,’ उनले भने, ‘समाजमा सबै जातिका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने नभइ त्यस विरुद्वका क्रियाकलाप गर्ने, असर पार्ने किसिमका क्रियाकलाम नगर्न पनि आचारसहिंता बनाइएको हो ।’

उनले निर्वाचन आचारसहिंता सबैले पालना गर्नुपर्नेमा जोड दिए । मौन अवधिको समयमा कसैले प्रलोभनमा पार्ने किसिमका गतिविधि गरेपनि सचेत हुनुपर्ने बताउँदै भने, ‘मौन अवधिको समयमा कसैले प्रलोभन पार्ने किसिमका काम भएमा स्थानीय प्रहरीलाई खबर गर्नका लागि सूचित गरिन्छ ।’

भिडियो

Tags: #सुनसरी#स्थानीय तहइन्द्रदेव यादवनिर्वाचनस्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    459 shares
    Share 184 Tweet 115
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.