इटहरी : इटहरीमा तीन सय ६ मत गणना भइसक्दा गठबन्धनको अग्रता कायम छ ।
इटहरीको वडा नम्बर १ र २० को मतगणना हुँदा गठबन्धनबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलले १७० मत पाएका छन् भने एमालेबाट मेयरका उम्मेदवार यामकुमार सुब्बाले ८९ मत पाएका छन् ।
यस्तै, उपमेयरमा एमालेकी सङ्गीता चौधरीको १०७ मत छ भने नेकपा एसका केशवकुमार विष्टको ९० छ ।
हालसम्म वडा नम्बर २० को २०६ मत गणना भएको छ । जसमा कांग्रेसका मणिराम श्रेष्ठले १०७ मत पाएका छन् भने एमालेका राजकुमार राईले ४९ मत पाए ।
यस्तै वडा नम्बर १ को एकसय मत गणना भएको छ । जसमा कांग्रेसले ५८ मत प्राप्त गरेको छ भने एमालेले २७ मत प्राप्त गरेको छ ।














Discussion about this post