खोटाङ : खोटाङको बराहपोखरी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका सालिकराम बञ्जारा विजयी भएका छन् ।
बञ्जाराले ३,२८१ मत प्राप्त गर्दै विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गोमा मगरले अध्यक्षमा २,३३० मत प्राप्त गरिन् ।
उपाध्यक्षमा गठबन्धनकै भुवलराज राई विजयी भएका छन् । उनले २,६९४ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा नेकपा एमालेका जीवन राईले २,२९५ मत प्राप्त गरे ।
यसअघि ०७४ मा पनि नेपाली कांग्रेसबाट अध्यक्षमा विजयी भएका बञ्जारा यसपटक गठबन्धनका साझा उम्मेदवार थिए ।
यस्तै, उपाध्यक्षमा विजयी भएका राई यसअघि नेकपा एमालेबाट बराहपोखरी गाउँपालिका वडा नं. ४ मा वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले नेकपा एकीकृत समाजवादीबाट उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।














Discussion about this post