इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
नेकपा एमालेको गढ मानिएको इटहरी ५ मा हालसम्म १,२७० मतगणना हुँदा कांग्रेसले अग्रता लिएको हो ।
१,२७० मतगणना हुँदा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार हेमकर्ण पौडेलले ६४७ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका यामकुमार सुब्बाले ४२० मत प्राप्त गरे ।
वडाध्यक्षमा नेपाली कांग्रेसका जीवन न्यौपानेको ५२४ मत छ भने नेकपा एमालेका भीष्म घिमिरेले ५१५ मत प्राप्त गरेका छन् ।
इटहरीको सबैभन्दा धेरै मतदाता रहेको ५ नम्बर वडामा ७,१६३ मत खसेको छ । यहाँ कुल ११,०५२ मतदाता छन् ।














Discussion about this post