खोटाङ : एमाले नेता विशाल भट्टराईको पालिका खोटाङको खोटेहाङ गाउँपालिमा गठबन्धन विजयी भएको छ ।
खोटेहाङको निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएका छन् ।
अध्यक्षमा माओवादीका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका छन् ।
उदिमले ३ हजार ७२८ मत ल्याएर विजयी हुँदा यसअघि गाउँपालिकाकी उपाध्यक्ष रहेकी समेत एमालेकी कविता राईले ३ हजार ६९० मत प्राप्त गरिन् ।
उपाध्यक्षमा कांग्रेसका रुपेशले ३ हजार ७३७ प्राप्त गर्दै विजयी भए । एमालेका राजन बञ्जाराले ३ हजार ३१० मत ल्याएका छन् ।














Discussion about this post