धरान : धरान उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता बढाएका छन् ।
बुधबार मध्याह्नसम्म भएको मतगणनामा लौरो चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले आठ हजार ४६ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले सात हजार ९९६ मत पाएका छन् । यस्तै, तेस्रो नम्बरमा रहेकी नेकपा (एमाले) की उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ६ हजार ६१० मत पाएकी छन् ।
सामाजिक मुद्दामा अभियान चलाइरहेका उनले स्वतन्त्र उम्मेदवार दिँदै गर्दा दलले सामान्य रुपमा लिएका थिए ।
तर, धरानमा मुख्य समस्या रहेको खानेपानी समस्या सामधानको मुद्दा लिएर मैदानमा होमिएका उनले सर्वसाधारणको साथ पाएका छन् ।
धरानमा हालसम्म १, २, ३ ,४, ५, ६, ७, १० र १८ नम्बर वडाको गणना सकिएको छ ।














Discussion about this post