इटहरी : इटहरीमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै छ ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार हालसम्म ३६,२०९ मतगणना सम्पन्न भएको छ । जसमध्ये पौडेलले १६,५०८ मत प्राप्त गरेका छन् ।
यस्तै, नेकपा एमालेबाट मेयरका उम्मेदवार यामकुमार सुब्बाले १३,८७९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरीको अग्रता कायमै छ । चौधरीले हालसम्म १५,६९३ मत प्राप्त गर्दा गठबन्धनबाट उपमेयरका उम्मेदवार केशवकुमार विष्टले ९,६४३ मत प्राप्त गरे ।
यस्तै, राप्रपाका आकाश सुब्बाको १,५६५ मत प्राप्त भएको छ भने उपमेयरमा राप्रपाकी वविता चौधरीको २,०८६ मत प्राप्त भएको छ ।
इटहरीमा हालसम्म १, ३, १८, १९ र २० नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ । हाल इटहरीको २, ४, ५, ६, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।














Discussion about this post