इटहरी : सुनसरीको गढी गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार आशनारायण चौधरी र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका महेश दत्तलाई पराजित गर्दै चौधरी विजयी भएका हुन् । चौधरीले ८,९०१ मत प्राप्त गरे । उनका प्रतिद्धन्दी दत्तले ५३५० मत ल्याएका थिए ।
उपाध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको छ । एमालेकी उम्मेदवार अनिता साहले ७,८१५ मत प्राप्त गरिन् । कांग्रेसकी राजकुमारी चौधरीले ५,८३८ मत प्राप्त गरेकी छन् ।
गढी गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र ६ मा एमालेले प्यानलै जितेको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए ।














Discussion about this post