धरान : धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै छ ।
साम्पाङले हालसम्म १५,९६६ मत प्राप्त गर्दै अग्रस्थानमा छन् ।
यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोर राईको १२,८७४ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेकी मञ्जु भण्डारीको १०,४५२ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा भने गठबन्धनको तर्फबाट माओबादी केन्द्रका आइन्द्रविक्रम बेघाको अग्रता कायमै छ । उनले १५,७६९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पदम इस्वोले १४,२५२ मत प्राप्त गरेका छन् ।
धरानमा कुल ६२,८९८ मत खसेको थियो । अब १३,५०३ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।














Discussion about this post