धरान : धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता निरन्तर छ ।
हालसम्म ५९,६१३ मतगणना हुृँदा साम्पाङको १९,५९७ मत प्राप्त भएको छ । यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोर राईको १५,३१० मत प्राप्त भएको छ । यता, नेकपा एमालेकी मञ्जु भण्डारीले १२,३४८ मत प्राप्त गरिन् ।
साम्पाङ र राईबीचको मतान्तर ४,२८७ रहेको छ ।
उपमेयरमा भने गठबन्धनको तर्फबाट माओबादी केन्द्रका आइन्द्रविक्रम बेघाको १९,२८३ मत प्राप्त भएको छ । यस्तै, नेकपा एमालेका पदम लिम्बूको १६,९१६ मत प्राप्त भएको हो । धरानमा कुल ६२,८९८ मत खसेको थियो ।
अब तीन हजार २८५ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।
Discussion about this post