इलाममा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको घट्नास्थलमै मृत्यु भएको छ, भने अन्य दुई जना घाइते भएका छन् । इलाम नगरपालिका–९ माईखोला जिकै मेची लोकमार्गमा इलामबाट फिक्कलतर्फ जादै गरेको को १८ प ६९५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना३ख २७३२ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार इलाम जोगमाई गाँउपालिका–३ की २८ वर्षीय सन्जु आचार्यको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा उनको छोरा दुई वर्षीय सरोज आचार्य र मोटरसाइकल चालक ४२ वर्षीय उमेश साह गम्भीर घाइते भएका छन् ।
ट्रक चालक हिलिहाङ–७ बस्ने ३६ वर्षीय भवानीप्रसाद तिमल्सिनालाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको जनाएको छ ।














Discussion about this post