छिमेकीकोे खुकुरी प्रहारबाट घाइते भएका माप्यदूधकोशी गाउँपालिका–६ वाप्साकी ५५ वर्षीया कुमारी रेग्मी मगरको उपचारमा समस्या भएको छ । सोमबार दिउँसो घाँसको विषयमा लिएर सामान्य विवाद हुँदा छिमेकी ७३ वर्षीय सिंहबहादुर रेग्मी मगरले खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिएका छन् ।
स्थानीय सूर्य रेग्मी मगरले आर्थिक सङ्कलन गरेर मङ्गलबार उनलाई गाउँबाट जिल्ला अस्पताल फाप्लु उपचारका लागि पुय्राए पनि फाप्लुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लानुपर्ने समस्या भएको उनको भनाइ छ ।
उनका अनुसार खुकुरी प्रहारबाट महिलाको टाउको र दाहिने हातमा चोट लागेको छ । । खुकुरी प्रहार गर्ने व्यक्ति वृद्ध अपाङ्गता र आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च गर्न नसक्ने बताइएको छ । सिंहबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।














Discussion about this post