Monday, October 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १९, २०७७
in समाचार
0
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

साङ्केतिक तस्वीर ।

181
SHARES
Share on FacebookShare on Twitter

लागूऔषध प्रयोगकर्ताहरूले ‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बनाउने गरेको सुनिँदै आए पनि औषधि पसलका सञ्चालक पक्राउ पर्नुले यसबारे पुष्टि हुन थालेको छ ।

पुस १३ गते धरान–१५ सदन रोडबाट मुसरत मेडिकल हलका सञ्चालक सौजात आलम प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा पक्राउ परेका थिए । असार २५ गते प्रतिबन्धित औषधिको अनुचित प्रयोग र बिक्री गरेको आरोपमा धरान–७ स्थित सुमन मेडिकलका सञ्चालक विनयकुमार गुरुङसहित प्रयोगकर्ता पनि पक्राउ परेका थिए ।

उनीहरूलाई विशेष सूचनाको आधारमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको थियो । यसबाटै पछिल्लो समय लागूऔषध प्रयोगकर्ताले ‘फर्मुला’ प्रयोग गर्ने गरेको पुष्टि हुन थालेको हो । विभिन्न रोगसँग सम्बन्धित औषधि तथा मनोद्दिपक औषधिको मात्रा मिलाएर लागूऔषध बनाउने गरेको पूर्वलागूऔषध प्रयोगकर्ताको भनाइ छ ।

‘सहजै पाउने र सस्तो पनि पर्ने भएकाले फर्मुला उपयुक्त विकल्प बनिरहेको छ’ उनले भने, ‘यसको नियन्त्रण आवश्यक छ, नत्र भोलिका दिनमा थप जोखिम बढ्ने सम्भावना हुन्छ ।’

पूर्वलागूऔषध प्रयोगकर्ताका अनुसार नाइट्रोजन, न्याइट्रोब्याट, कोनाज, नर्फिन, डाइजियम, स्पास्मो, डिकोलिक, ओपिडोल, कफट्याब्डी, एविल, पेगास्टार, फेनारगन, एन्टिकफ, ट्रामाडोल तापेन आदि औषधिलाई फर्मुलाबाट लागूऔषध बनाउने गरेका छन् । उनीहरूका अनुसार ३ वटासम्म औषधि मिलाएपछि लागूऔषधको रूपमा काम गर्छ । पूर्व लागूऔषध प्रयोगकर्ताहरूका अनुसार कडा खालका लागूऔषधको किनबेच पनि उस्तै गरी मौलाएको छ ।

उनीहरूका अनुसार मेडिकलमा संलग्न व्यक्तिहरूले नै यसबारे सूचना चुहाउने गरेका कारण फर्मुलाको प्रयोग बढेको छ । एक पूर्वलागूऔषध प्रयोगकर्ताले भने, ‘फोनमार्फत् भनेपछि मेडिकलवालाले मिलाइदिन्थे ।’ उनले थपे, ‘हामी गएपछि भनिराख्नु पर्दैन, पैसा दियो, लिएर हिँड्यो, दैनिक ७ सयभन्दा बढी फर्मुलाका औषधि खाइन्थ्यो ।’

लागूऔषध प्रयोगकर्ताहरूलाई सुधार गर्नका लागि सुधार केन्द्र सञ्चालन गरेका सम्पूर्ण ताम्राकार भन्छन्, ‘लामो समयसम्म लागूऔषध प्रयोग गरेर सुधार केन्द्रमा आउनेहरूले सुधार भएपछि कहाँ कुन स्थानबाट ल्याउने गरेका थिए भन्ने जानकारी दिन्छन् । उनीहरूले भनेपछि धरानका केही मेडिकलहरूलाई सम्झायौं । दुई–चारवटाले कारोबार बन्द गरे ।

तर, अझै पनि केही मेडिकलले भने लागूऔषध तथा फर्मुला बेच्न छोडेका छैनन् ।’ उनले थपे, ‘प्रहरी लागूऔषध प्रयोगकर्तालाई निरुत्साहित गर्न लागेको छ, जानकारहरूसँग भने समन्वय गर्दैनन् ।’ उनले प्रहरीले सुधारकेन्द्रहरूसँग समन्वय गरे प्रयोगकर्ताहरूबाट धेरै कुरा जानकारी हुने र प्रहरीलाई लागूऔषध नियन्त्रण गर्नमा सहयोग पुग्ने बताए ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कले सबैभन्दा बढी लागूऔषध प्रयोगकर्ता मोरङ, झापा, सुनसरी र उदयपुरमा रहेको देखाउँछ । ६ महिनामा मोरङ जिल्लाबाट १ सय ३१ जना पुरुष र १० जना महिला पक्राउ परेका छन् ।

झापा जिल्लाबाट १ सय १४ जना पुरुष र ६ जना महिला पक्राउ परेका छन् । सुनसरीबाट १ सय २ जना पुरुष र १ महिला पक्राउ परेका छन् । उदयपुरबाट ५२ जना पुरुष र २ जना महिला पक्राउ परेका छन् । त्यसपछि क्रमशः इलामबाट १५ पुरुष, पाँचथर ३ पुरुष, ताप्लेजुङ २ पुरुष, धनकुटा २ पुरुष र खोटाङबाट २ पुरुष पक्राउ परेका छन् । अन्य ६ जिल्लामा भने ६ महिनासम्म लागूऔषध प्रयोगकर्ता फेला परेका छैनन् ।

खिलानाथ विकले लेखेको यो समाचार ब्लाष्टखबरबाट साभार गरिएको हो ।

Tags: #लागूऔषध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे
समाचार

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद
समाचार

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

by मनाेज अधिकारी
कार्तिक ९, २०८३
0

इटहरी : सुनसरीको इटहरीमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट...

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३
सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

कार्तिक ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३
इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.