कुकुर पाल्नका लागि धरान उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने भएको छ ।
आज बसेको कार्यपालिका बैठकले पारित गरेको घर पालुवा र सामुदायिक कुकुर व्यवस्थापन सम्बन्धी कार्यविधिमा यो प्रावधान रहेको छ । घर पालुवा र सडकमा छाडा छोडिएको कुकुरलाई व्यवस्थापन गर्नको लागि यो कार्यविधि तयार भएको हो ।
‘घर पालुवा र सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि पारित भएको छ । कार्यविधि अनुसार अब कुकुरलाई जथाभावी रुपमा पाल्न र छोड्न पाइदैन,’ वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने, ‘उपमहानगरपालिकामा दर्ता गर्नुपर्छ । नगरपालिकाले दर्ता नम्बर र ट्याग दिन्छ ।’
कुकुर पाल्नको लागि अनिवार्य दर्ता गर्नुपर्ने, भ्याक्सिन लगाउनुपर्ने लगायत प्रावधान कार्यविधिमा राखिएको छ ।
‘कतिपय आधारभुत बस्तीहरुमा ४० प्रतिशत जनसहभागिता उपलब्ध हुन सक्दैन, त्यस्ता वस्तीहरुमा के कति जनसहभागिता गराउने भन्ने निर्णय गर्ने अधिकार वडाअध्यक्षलाई दिइएको छ,’काफ्लेले भने,‘वस्तुस्थिति हेरेर १० देखि ५० प्रतिशतसम्म जनसहभागिता लगाउने अधिकार अध्यक्षलाई दिइएको छ ।’












Discussion about this post