प्रहरीको चेक पोइन्ट र ब्यारिकेट छल्दै भागेको स्कारपियोबाट सुनसरी प्रहरीले २ सय ५० किलो गाँजा बरामद गरेको छ ।
प्रहरी टोलीले सुनसरीको इनरुवाबाट सो परिमाणको गाँजा बरामद गरेको हो । प्रहरीले इनरुवाको बलाहा नहर क्षेत्रबाट गाँजाका बोरा लोड गरिएको स्कारपियो नियन्त्रणमा लिएको थियो ।
को १ च ९८५२ नम्बरको स्कारपियोबाट २ सय ५० किलो गाँजा सहित दुई थान खुकुरी र १ लाख ५४ हजार नगद बरामद गरेको प्रहरीले जनाएको छ ।
गाँजा सहित प्रहरीले भोजपुर हतुवागढी ९ का अर्जुन खड्का र धरान १ का ज्याक्सन श्रेष्ठ पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका व्यक्ति सहित बरामद सामग्री प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीले स्कारपियोबाट प्लाष्टिकले बेरिएको अवस्थाका ९ ओटा बोराबाट २ सय ५० केजी तयारी गाँजा बरामद भएको जनाएको छ । गाँजा सहित प्रहरीले २ थान खुकुरी र १ लाख ५४ हजार नगद समेत बरामद गरेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



















Discussion about this post