इटहरी ८ प्रगतिमार्ग स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदे गरेको सनसाइन बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् ।
ना ८ ख ८४१८ नं. को स्कुल बसले बिपरीत दिशाबाट जाँदै गरेको को २३ प ७३२६ नं. को मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका हुन् ।
ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय रबिन सरदार र सबार अन्दाजी २० वर्षीय सुजित सरदार गम्भीर घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनीहरुको उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको र बस प्रहरीको नियन्त्रणमा रहेको छ ।














Discussion about this post