मोरङको उर्लाबारीबाट ठुलो परिमाणमा हतियारमा प्रयोग हुने गोली प्रहरीले वरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका १ लक्ष्मीझारका दलबहादुर लिम्बुको घरको जमिन मुनिबाट १८५ राउण्ड गोली वरामद भएको हो ।
घर भत्काएर खाल्डो खन्ने क्रममा प्लाष्टिकमा पोका पारेर माटो मुनि गाडेको अवस्थामा गोली वरामद भएको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।वरामद भएको गोली ७.६२ एमएमको रहेको छ ।
प्रहरीका अनुसार खाल्डो खन्ने कामदार भक्तबहादुर सुवेदीले प्लाष्टिकको पोको भेटेका थिए । पोको खोलेर हेर्दा गोली देखेपछि प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरीको टोलीले गएको थियो ।
यो गोली एसएलआर जस्तो राइफलमा प्रयोग हुने प्रहरीको भनाई छ । खिया लागेको अवस्थामा भेटिएकोले यो द्धन्दकालको समयमा लुकाएको हो कि भन्ने प्रहरीको अनुमान रहेको छ ।












Discussion about this post