मोरङको विराटनगरमा सवारी तोडफोडको आरोपमा ६ आन्दोलनकारी पक्राउ परेका छन् ।विराटनगरको बरगाछीदेखि पूर्वतर्फबाट प्रचण्ड नेपाल समूहका कार्यकर्ता पारुल क्षेत्री शारदा मैनाली मिरा दाहाल, सँगम चौधरी उमेश ढुंगाना र चम्पा कार्कीलाई पक्राउ गरिएको एसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार धनकुटाबाट विराटनगर आएको स्वाथ्य तालिम केन्द्रको बा ११ झ ९११८ नम्बरको गाडीमा आन्दोलनकारी ढुँगा प्रहार गरेका थिए । ढुँगा प्रहारबाट गाडीमा क्षती पुगेको प्रहरीको भनाई छ ।
उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा पुर्याइएको बताइएको छ । विहानै देखि सडकमा निस्किएका प्रचण्ड नेपाल पक्षीय नेकपाका कार्यकर्ताका विराटनगरका विभिन्न चौकमा प्रहरीको आँखा छल्दै टायर बालेर प्रदर्शन गरेका थिए ।
हाल बजार पसल आंशिक बन्द भएपनि ठुला सवारी भने विराटनगरमा प्रवेश गर्न दिइएको छैन । सडकमा न्यूनमात्रामा आन्दोलनकारीको उपस्थिति रहेको छ ।











Discussion about this post