विराटनगर–५, मुनालपथबाट १० लाख रुपैयाँ बराबरको नेपालमा प्रतिबन्धित विभिन्न ब्राण्डका औषधि प्रहरीले बरामद गरेको छ विराटनगर–१० न्युरो अस्पताल पछाडि राजेन्द्र साहको घरमा अबैध औषधी भण्डार गरेको अवस्थामा सो औषधि बरामद गरिएको प्रहरीले जनाएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको सयुक्त प्रहरी टोलीले जाँच गर्दा घरमा भण्डार गरी राखेको अवस्थामा उक्त औषधिहरु फेला पारी बरामद गरेको हो ।
अनुसन्धानका लागि उक्त औषधि रेखदेख गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
Discussion about this post