आज देशभरको मौसम समान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा अनुसार विहान सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सफा रहने छ ।
आज राति सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सफा रहनेछ ।
पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। भोलिदेखि भने पश्चिमी वायुको प्रभावले पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायु प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पश्चिमी पहाडी भू–भागमा बदली र हल्का वर्षा हुने सम्भावना रहेको छ ।












Discussion about this post