उदयपुरको बिभिन्न स्थानबाट लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित ८ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ६ जलजलेबाट त्रियुगा नगरपालिका क्रमश १ १३, १४ बस्ने बर्षीय बिदुर अधिकारी, २६ बर्षीय कुमार मगर, २५ बर्षीय सागर चौधरी र सुनसरीका २५ बर्षीय अभिषेक जैसवाललाई लागुऔषध ट्याब्लेट सहित नियन्त्रणमा लिएर पक्राउ गरेको हो ।
उनिहरुको साथबाट प्रहरीले डाइजेपाम १९ एम्पुल, फेनारागन १९ एम्पुल, लुपिजेसिक १९ एम्पुल र २ वटा सिरिन्ज बरामद गरेको छ ।
यसैगरी उदयपुरकै त्रियुगा नगरपालिका १२ बाट १५ बर्षीय बालक लागुऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले फेनारगन २ एम्पुल, नोफिन २ एम्पुल र डाईजेल्याप २ एम्पुल बरामद गरेको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै उदयपुरकै कटारी नगरपालिका ८ बाट ठुलो परिणामको गाँजा सहित तिन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कटारीबाट गएको प्रहरी टोलीले बेतनीबाट कटारी तर्फ आउँदै गरेको स १ च ८०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १२१ केजी गाँजा बरामद भएको थियो ।
गाँजा बरामद भएसंगै गाडीमा सवार रहेका ताप्ली गाँपालिका ३ का ४१ बर्षीय सन्त बहादुर मगर, चालक २१ बर्षीय हेम बहादुर मगर र शम्भु मगर समेत गरी तिन जनालाई नियनत्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।














Discussion about this post