इटहरी : विश्व मोबाइल बजारमा “नम्बर दुई” बन्ने लक्ष्यका साथ भर्खरै बजारमा आएको Y12S ब्रान्डको प्रचार सुरु गरिएको छ ।
इटहरीमा मंगलबार पत्रकार सम्मेलन गर्दै भिभो ब्रान्डको Y12S मोबाइलको प्रचार सुरु गरिएको हो ।
६.५ इन्चको स्क्रिन रहेको Y-12-S मोबाइलमा ५ हजार MH को ब्याट्री रहेको छ । १७ हजार ९ सय ९९ रुपैयाँ बजार मूल्य रहेपनि अग्रिम बुकिङ्ग गर्नेको लागि १ हजार छुट गरिएको छ ।
२००९ मा स्थापना भएको भिभोले २०११ मा स्मार्टफोन निर्माण गरेको थियो । हाल ३८ वटा देशमा ब्रान्च खोलेको भिभो बिश्व बजारमा ५ औं स्थानमा छ ।
नेपालामा पूर्व क्षेत्रको एरिया सेल्स मेनेजर निमेष घिमिरेका अनुसार काठमाडौँमा मात्र लन्च गर्ने परम्परालाई त्यागेर नयाँ सुरुवात गरिएको हो ।
नेपालको लागि चाइनिज प्रतिनिधि मिस्टर एन डि ले २०१९ को कोरोना महामारी जस्तो विषम् परिस्थितिमा पनि काम गरेको भन्दै उनले धन्यवाद दिए । आजको यो कार्यक्रम Y12s मार्फत भिभोलाई बिश्वको “नम्बर दुई” ब्रान्ड बनाउने लक्ष्य रहेको उनले बताए ।
इटहरीको लागि आधिकारिक डिस्ट्रीब्युटर्स रोहित कार्कीले भिभोले तीन र्षको दौरानमै आफ्नो छुट्टै पहिचान बनाएको बताए ।



















Discussion about this post