इटहरी : इटहरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार इटहरी १७ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई बुधबार मध्याह्न ठक्कर दिदाँ एकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका ९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको धरानस्थित वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको को ३५ प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिदाँ मोटरसाइकल चालक मोरङ बेलबारी ८ का ३८ वर्षीय होमनाथ बाँस्कोटा र मोटरसाइकलमा सवार सुनसरी इटहरी ८ का ३७ वर्षीय नगेन्द्र नगेन्द्र अधिकारी घाइते भएका छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीन वटै सवारी साधन र ट्रिपर चालक सुनसरी रामधुनी ३ का ३५ वर्षीय सलम कुमार सरदार ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेका छन् ।














Discussion about this post