नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकी छिन् । दिउँसो पक्राउ परेकी उनलाई प्रहरीले करीब साढे पाँच घन्टापछि रिहा गरेको हो ।
प्रहरी हिरासतबाट रिहाइपछि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको झाँक्रीले बताएकी छन् ।
अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने उल्लेख गर्दै झाँक्रीले भनिन्, ‘लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म । जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं ।’
संवैधानिक पदहरूमा पुग्ने पात्रहरूका गतिविधिमाथि प्रश्न गर्नुपर्ने उनको भनाइ छ । ‘राष्ट्रपति संस्था हाम्रो आन्दोलन, लडाइँले स्थापित गरेको हो । तर, त्यहाँ पुग्ने पात्रहरूले जे प्रवृत्ति देखाउँछन्, संविधान र कानुनको धज्जी उडाउँछन् तिनका प्रतिको लडाइँमा सडकमा बाँकी छ ।’ उनले भनिन् ।
राष्ट्रपति भण्डारीको आलोचना गरेको भन्दै प्रहरीले बिहीबार बिहान झाँक्रीलाई पक्राउ गरेको थियो ।














Discussion about this post