तरहरा : इटहरी १ आँपगाछीस्थित मुख्य राजमार्गमा दुर्घटना भएको छ ।
इटहरीबाट धरानतर्फ जादैँ गरेको प्रदेश १–०१–००१ ज ३४७४ नम्बरमो सुमो गाडी दुर्घटना भएको हो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना सामान्य घाइते भएका छन् ।
घाइते हुनेमा सुमो चालक भोजपुर रामप्रसादराई गाउँपालिका ६ बस्ने २५ वर्षीय सुदीप राई र इटहरी ३ की ३५ वर्षीया सबिता राई रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post