सामान ढुवानीका लागि प्रयोग गरिँदै आएको ट्रकको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेमा एक जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा मोरङको लेटाङका वृद्ध पुरुष रहेका छन् ।
पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा साइकलमा यात्रा गरिरहेका मोरङको लेटाङ नगरपालिका–२ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५६९१ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।उनको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
मृतक श्रेष्ठले अत्याधिक मादक पदार्थ सेवन गरेर साइकल चलाएको खुलेको प्रहरीको भनाइ छ । ट्रक र चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ३१ वर्षीय अमीर राईलाई नियन्त्रणमा लिएर घटनाको बारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।











Discussion about this post