Thursday, April 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रदेश १ सरकारको तीन वर्ष : ९२ करोडका गाडी किनिए, विकास योजना छैन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ४, २०७७
in समाचार
0
प्रदेश १ सरकारको तीन वर्ष : ९२ करोडका गाडी किनिए, विकास योजना छैन

तस्वीरमा प्रदेश १ को मुख्यमन्त्री कार्यालय ।

156
SHARES
Share on FacebookShare on Twitter

प्रदेश १ सरकार गठन भएको तीन वर्ष पूरा भएर सोमबार चौथो वर्षमा प्रवेश गरेको छ । यो अवधिमा प्रदेश सरकारले गाडी किनेर धुलो उडाएको बाहेक प्रदेशवासीलाई प्रत्यक्ष अनुभूति हुने कुनै काम गर्न सकेको छैन ।

प्रदेश सरकारले तीन वर्षमा ९१ करोड ८७ लाख २१ हजार मूल्यबराबरको सवारीसाधन खरिद गरेको छ । जसमा ६४ करोड ४६ लाख ४३ हजार मूल्य बराबरको १ सय ९ वटा चारपांग्रे, ८८ लाखका २ वटा बस, २३ करोड ५४ लाख ६९ हजारको ५ सय ९७ वटा मोटरसाइकल र ९८ लाख ९ हजारको ५२ वटा स्कुटर छन् ।

मुख्यमन्त्री शेरधन राईले आफ्ना लागि ३ करोड १९ लाख ७३ हजार मूल्यको टोयोटाको प्राडो गाडी किनेका छन् । उनले आफ्ना लागि प्राडोका अतिरिक्त निसान कम्पनीको ३८ लाख २५ हजारको कारसमेत किनेका हुन् ।

यसअघि विराटनगरमा आउने राष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट पदाधिकारीले चढ्ने सुनसरी मोरङ सिँचाइ आयोजनाको को१झ २३५ नम्बरको गाडी सुरुमा मुख्यमन्त्री राईले चढेका थिए । नयाँ गाडी किनेपछि अहिले मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले चढ्छन् । उनका मुख्य स्वकीय सचिव नवराज राईले ५५ लाख ५० हजारमा नयाँ खरिद गरेको स्कारपियो गाडी चढ्ने गरेका छन् । मुख्यमन्त्री कार्यालयमा थप तीनवटा स्कारपियो र एउटा इलेक्ट्रिक कार खरिद गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चढ्ने टोयोटाको प्राडो

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशमा आउने राष्ट्रपति, प्रधानमन्त्रीजस्ता अति विशिष्ट पदाधिकारीलाई चढ्नका लागि २ करोड ७ लाख ५० हजारमा खरिद गरेको को१झ ५९४ नम्बरको निसानको पेट्रोल गाडी सुरुमा मुख्यमन्त्री राईले चढेका थिए । उनले त्यसभन्दा महँगो गाडी खरिद गरेपछि उक्त गाडी आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा फिर्ता गर्नुपर्ने थियो तर त्यो गाडी अहिले उनले भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङलाई चढ्न दिएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले १ करोड ७९ लाख ५० हजारमा को१झ ५९३ नम्बरको निसानको पेट्रोल गाडी चढिरहेका छन् । उनको मन्त्रालयले सबभन्दा बढी २३ करोड २३ लाख मूल्य बराबरको ५० वटा गाडी खरिद गरेको छ । जसमा सुरक्षा निकायका लागि ५ करोड ८० लाखमा १७ वटा पिकअप, मुख्यमन्त्री अत्यावश्यकीय सेवा केन्द्रका लागि ५ करोड २८ लाखमा १४ वटा पिकअप गाडी खरिद गरेर वितरण गरेका छन् ।

यस्तै, मुख्यमन्त्री अत्यावश्यकीय सेवा केन्द्रका लागि ५ करोड ६७ लाख २० हजारमा ११ वटा वारुणयन्त्र खरिद गरेर वितरण गरिएको छ भने १ करोड ७१ लाखको लागतमा थप तीनवटा खरिद प्रक्रियामा रहेको मन्त्रालयका प्रशासन तथा योजना फाँटका अधिकृत मनोज कार्कीले बताए । उनले मन्त्रालयले २१ करोड ८५ लाख ५६ हजारको ५ सय ५ वटा मोटरसाइकल र १९ वटा स्कुटर खरिद गरेर प्रहरीलाई वितरण गरिएको बताए ।

यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतले चढ्दै आएको टाटाको स्टोरम गाडी छोडेर २ करोड ७ लाखमा निसानको विलासी गाडी गत आर्थिक वर्षमा किनेर चढ्न थालेका छन् ।

पूर्वआर्थिक मामिला तथा योजना इन्द्रबहादुर आङ्बोले आफूलाई चढ्नका लागि २ करोड ७ लाख ५० हजारमा निसानको विलासी गाडी खरिद गरेका थिए । उनले मन्त्रालयमा थप एउटा निसानको महँगो गाडी १ करोड १३ लाख ७५ हजारमा खरिद गरेका थिए ।

यस्तै, प्रदेशसभा सचिवालयले १८ वटा गाडी खरिद गरेको छ । सभामुख प्रदीपकुमार भण्डारीले १ करोड ३६ लाख ९० हजारको इसुजु मक्स गाडी खरिद गरेर चढिरहेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लोक सेवा आयोग प्रदेश लेखा नियन्त्रण, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश योजना आयोगले समेत नयाँ गाडी खरिद गरेका छन् ।

मुख्यमन्त्री राईले शपथ ग्रहणपछि गरेको पहिलो निर्णय सहिद ग्राम निर्माण हालसम्म पूरा हुन सकेको छैन । सरकार गठनपछि ल्याएको सयदिने कार्यक्रमसमेत कार्यान्वयन हुन सकेको छैन । उक्त कार्यक्रममा जग्गा खण्डीकरणलाई निरुत्साहित गर्ने, नगदे बालीहरूको उत्पादकत्व वृद्धि गर्ने, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारमा जोड दिने, कला, साहित्य र संस्कृतिको विकासका लागि प्रतिष्ठान गठन गर्ने, लगानीमैत्री वातावरण बनाउन पूर्वाधारको विकास गर्ने लगायतका योजना ल्याएका थिए ।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा निरपेक्ष गरिबी हटाउने, गरिब पहिचान गरी परिचयपत्र वितरण गर्ने, उक्त परिचयपत्रका आधारमा रोजगारीको अवसर प्रदान गर्ने व्यवस्था गरेको थियो । यस्तै प्राविधिक तथा जीवन उपयोगी प्राविधिक शिक्षाको व्यवस्था गर्ने र कृषि क्षेत्रको विकासका लागि कृषिमा आधारित उद्योग स्थापनालाई प्राथमिकता दिइने नीति ल्याएको थियो । निजी क्षेत्र, सहकारी र सरकारी तीनै क्षेत्रलाई एकीकृत ढंगले लगानी गर्न, प्रदेशमा आगामी १५ वर्षभित्रमा ४५ सय मेगावाट विद्युत् उत्पादन गर्ने योजना अहिलेसम्म सुरु भएको छैन ।

यस्तै पर्यटन क्षेत्रको विकासका लागि सरकारले केबलकार तथा जल यातायातलाई प्राथमिकतामा राखेको भए पनि काम अघि बढ्न सकेको छैन । पर्यटन क्षेत्रको विकासका लागि विशेष क्षेत्रहरूको प्राथमिकीकरण गरेर विकास गर्ने नीति लिइएको थियो तर उक्त कार्यले मूर्तरूप लिन सकेको छैन ।

तीन वर्षमा प्रदेशको नामकरण गर्न नसकेका सरकारले ४९ वटा ऐन प्रदेशसभाबाट पारित गराएको थियो । तर त्यसलाई थाति राखेर कार्यविधि, निर्देशिका, मार्गदर्शन ल्याएर मनोमानी ढंगले काम गरिरहेको प्रति सत्तारूढ दलकै सांसदहरूले आलोचना गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकार गठन भएको तीन वर्षमा एउटा पनि देखाउने काम गर्न नसकेको बताए । ‘प्रदेश सरकारले ल्याएको एउटा पनि योजना पूरा गर्न सकेका छैनन्,’ उनले भने, ‘प्रदेश सरकारले ल्याएका योजना बजेट अभावमा अलपत्र परेका छन् ।’ मुख्यमन्त्री राईले गरेको पहिलो निर्णय नै कार्यान्वयन हुन नसकेकोबाट पनि सरकार असफल भएको प्रमाणित भएको कार्कीको भनाइ थियो ।

प्रदेश लोकसेवा आयोग, प्रदेश लगानी बोर्ड गठन गरिएको तर तिनीहरूले काम गर्ने नीति, नियम हालसम्म बन्न नसकेको भन्दै कार्कीले राज्यकोष रित्याएर नेता–कार्यकर्ता पोस्ने काम मात्र भएको टिप्पणी गरे ।

अर्थविद् वेदराज आचार्यले प्रदेश सरकारले लगानी, योजना र बजेट कार्यान्वयन गरेर प्रदेशवासीलाई संघीयताको अनुभूति गराउन नसकेको बताए । ‘सामाजिक, आर्थिक र राजनीतिक रूपमा प्रदेश सरकारको तीन वर्ष हेर्दा राजनीतिक रूपमा मात्रै केही काम भएको देखिन्छ,’ उनले भने, ‘सरकारले संघीय संरचना निर्माण गर्नुका साथै कानुनहरू निर्माण गर्नु सकारात्मक कार्य भएको तर आर्थिक र सामाजिक क्षेत्रमा हात पनि हाल्न नसक्नु दुर्भाग्य हो ।’

समाजवाद–उन्मुख अर्थ व्यवस्थाको नारा दिएका सरकारले भ्रष्टतन्त्रको अभ्यास गरिरहेको उनको आरोप छ । प्रदेशमा खर्च बढाउने महँगा र विलासी गाडी खरिदको औचित्य नभएको उनले सुनाए ।

मुख्यमन्त्री राईले शून्य विन्दुबाट काम सुरु गरेर अहिलेसम्म धेरै महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको बताए । यद्यपि सोचे जस्तो काम गर्न नसकेको उनको भनाइ थियो । ‘मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दा काम गर्ने भौतिक संरचना, कानुनी आधारलगायत केही थिएन,’ उनले भने, ‘जिम्मेवारी सम्हालेपछि आवश्यक कानुन, भौतिक संरचना निर्माण, आवधिक योजना, योजना छनोट गर्ने दिग्दर्शन, प्रदेशको प्रोफाइल, १० वर्षे सडक गुरुयोजना निर्माण गरे काम अघि बढाउन सफल भएका छौं ।’ अन्य प्रदेशको तुलनामा धेरै सूचकांकमा प्रदेश १ अगाडि रहेको राईको भनाइ थियो ।

देवनारायण साहले लेखेको यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

Tags: #प्रदेश १प्रदेश सरकार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
Uncategorized

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

by टाकुरा न्यूज । इटहरी
बैशाख ९, २०८३
0

सुनसरी : जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको...

समाचार

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

by रासस
बैशाख ९, २०८३
0

झापा : खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ...

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

बैशाख ९, २०८३

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1354 shares
    Share 542 Tweet 339
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    503 shares
    Share 201 Tweet 126
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.