इटहरी : इटहरी १७ स्थित पूर्व–पश्चिम लोकमार्गम पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ९९११ नम्बरको ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी ६५ वर्षीया सोमनी चौधरी रहेकी छिन् । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याङ्कर र चालक इटहरी १७ बस्ने ४० वर्षीय कृष्णप्रसाद न्यौपाने प्रहरीको नियन्त्रणमा रहेका छन् ।














Discussion about this post