विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना हुने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् ।
नेकपा ओली समूहले शनिबार विराटनगरमा गरेको आमसभामा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संसद पुर्नस्थपना हुने कुरा कल्पना समेत गर्न नसकिने बताएका हुन् ।
उनले भने, ‘सर्वोच्च अदालतले कुनै दबाबमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न । अदालतले संसद पुर्नस्थापना गर्छ भन्ने कुरा कल्पना पनि गर्न सकिन्न ।’
उनले आफ्नो पक्षमा जनलहर रहेको उदृत गर्दै तोकिएकै समयमा निर्वाचन हुने जिकिर गरे । सभामा गृहमन्त्री रामबहादुर थापा, सुवास नेम्वाङ, मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गरेका थिए ।














Discussion about this post