इटहरी (डेस्क) : सुनसरीको बराहक्षेत्र नगरपालिका ८ का १४ बर्षीय प्रज्वल राईको बालुवा र माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
आज दिउँसो करीब १ बजे बराहक्षेत्र ८ सालबन्दी स्थित कोशी नदिको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा उनको पुरिएर मृत्यु भएको हो ।
उनको तत्काल उपचारार्थ बराहक्षेत्र नगर अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
उनीसंगै खेल्न गएका उनकै भाई १० बर्षीय राजन राई समेत पुरिएर घाइते भएकोमा उनलाई थप उपचारको लागि धरानस्थित वीपी प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।












Discussion about this post