धरान : नेपालमा भर्तीको नाममा मात्र नभई भ्रष्टचारजन्य गतिविधि हरेक क्षेत्रमा तलदेखि माथिसम्म हुने गर्छ । भर्तीको नाममा दलालहरुको बिगबिगी बढिरहेको छ । छनौट प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी भएतापनि प्रत्येक वर्ष सयौैं सोझा–साझाहरुलाई दलालहरुले विभिन्न प्रलोभन देखाएर ठग्ने गर्छन् ।
यस्तो किसिमको गतिविधिहरुको अन्त्य गर्नका लागि धरानमा पहिलो पटक गोर्खा कम्पनी ट्रेनिङ सेण्टरले उदाहरणीय काम गरेको छ, भन्दा फरक नपर्ला ।
धरान १८ रत्नचौक स्थित सञ्चालनमा रहेकोे गोर्खा कम्पनी टे«निङ सेन्टरले गत माघ १८ गते पत्रकार सम्मेलनको आयोजना गरि पत्रकारिता पुरस्कार स्थापना गरेका थिए । पत्रकारिता पुरस्कार स्थापना गरेको एक महिना नबित्दै पुनः शुक्रबार पुरस्कार राशी थप भएको गोर्खा कम्पनी टे«निङ सेन्टरले जानकारी गराएको छ ।
गोर्खा भर्तीको नाममा ठगी गर्ने दलालहरुको भण्डाफोर गर्ने उद्देश्यले स्थापना गरिएको वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारको राशी वृद्धि भएको हो । वीर गोर्खा पत्रकारिता पुरस्कारको राशी नगद २० हजारबाट ५० हजार रुपैँया र वीर नवप्रतिभा पत्रकारिता पुरस्कारको नगद १५ हजारबाट २० हजार रुपैयाँ पुर्याइएको छ ।
सेन्टरका प्रबन्ध निर्देशक प्रेम मुकारुङ राईले वीर गोर्खा पत्रकारिता पुरस्कारको राशीमा ३० हजार रुपैँया र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारमा ५ हजार रुपैँया थप गरिएको जानकारी दिए । उनका अनुसार ब्रिटिस आर्मीका कप्रोल मण्डल थेवेले ३० हजार रुपैयाँ र बराईन आर्मी मबिन राईले ५ हजार रुपैयाँ थप गरेको हो ।
प्रेस युनियन धरान समितिसँग सहकार्य गरेर दुवै विधाका पत्रकारिता पुरस्कार हरेक वर्षको पहिलो दिन नेपाली नयाँ वर्षमा दुई जना पत्रकारलाई दिईनेछ ।














Discussion about this post