इटहरी डेक्स : कोशी राजमार्ग अन्तर्गत इटहरीबाट धरान जादै गरेको कार चारकोशे जंगलमा दुर्घटनाग्रस्त भएको छ ।
को १ च ७५५३ नम्बरको कार आफै अनियन्त्रित भएर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
घाइते हुनेमा कार चालक धरान २ का ५७ बर्षीय कृष्ण अग्रवाल र उनकी बहिनी ५४ बर्षीय बबिता अग्रवाल रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कार आफै अनियन्त्रित भएर सडकबाट ड्रेनमा खसेको थियो ।
दुर्घटनामा चालक अग्रवालको एउटा खुट्टा भाँचिएको आशंका गरिएको छ । उनी बहिनीलाई पनि अनुहार र खुट्टामा चोट लागेको छ । दुवैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।
Discussion about this post