धरान : प्रहरीले धरान ५ देवीगाउँबाट गाँजासहित दुइजनालाई पक्राउ गरेको छ ।
देवीगाउँ स्थित देवकला खाजा एण्ड हुक्का हाउसबाट एक किलो दुईसय ग्राम गाँजासहित भोजपुरको हतुवागढी गाउँपालिका ९ का २४ वर्षीय आकाश खड्का र ९ नम्बर वडाका ३१ वर्षीय टीकाराम कार्की पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
कार्यालयका अनुसार शंकाको आधारमा उनिहरुमाथी चेकजाच गर्दा सो परिमाणको गाँजा बरामद भएको हो ।
बरामद गाँजासहित पक्राउ परेका दुबैमाथी जिल्ला अदालतबाट लागूऔषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै, धरान १३ भृकुटी पथमा रहेको चेतबहादुर मगरको घरमा खानतलासी गर्ने क्रममा प्रहरीले एभेल २ एमएल लेखीएको १३ एम्पुल, डिजेल्व २ एमएल लेखिएको १० एम्पुल, लुपिगेसिक २ एमएल लेखीएको ११ एम्पुल र फिनेरगन २ एमएल लेखिएको २३ एमपुल गरि जम्म ५३ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।












Discussion about this post