मोरङ : विराटनगरबाट दुई कि लो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर–४ बरगाछीबाट अवैध रुपमा लागूऔषध गाँजा ओसार पसार गर्ने धरान–११ का २७ वर्षीय राज राई शनिबार दिउँसो पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरीको टोलीले उनलाई को १ ह ६७४८ नम्बरको अटोमा ल्याउँदै गरेको अवस्थामा गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।












Discussion about this post