आज १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरान उपमहानगरका मेयर तिलक राईले शुभकामना व्यक्त गरेका छन् ।
एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले यो दिवसले महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यको लागि आम नागरिकलाई जागरुक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
साथै उनले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गर्ने काममा आ आफ्नो क्षेत्रबाट अग्रसर हुन पनि आग्रह गरेका छन् । साथै, मेयर राईले लैंगिक समानताको लागि समान सोच र व्यवहारका साथ अघि बढ्ने संकल्प गर्दै नगरबासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
‘महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु,’मेयरद्धारा जारी सन्देशमा भनिएको छ ।












Discussion about this post