इटहरी : सुनसरीको कोशी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ४९ केजी गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीबाट इन्स्पेक्टर भुवन खड्काको नेतृत्वमा खटिएको टोलीले मंगलबार साँझ उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
कोशी गाउँपालिका ८ स्थित कोशीको बगरबाट भारततर्फ तस्करी गराउने उद्देश्य राखिएको गाजा बरामद गरेको इन्स्पेक्टर खड्काले जानकारी दिए ।
जिल्लाका विभिन्न सीमानाका हुँदै भारततर्फ गाजा तस्करी हुने गरेको प्रहरीको भनाइ छ ।














Discussion about this post