विराटनगर : १ नम्बर प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
जारी सातौ हिउँदे अधिवेशनको चौथो बैठक सोमबार दिउँसो १२:३० बजेका लागि आह्वान गरिएको थियो । तर, आइतबार एक सूचना प्रकाशित गर्दै प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको हो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले हस्ताक्षर गरेको सूचनामा प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।
सोमबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो ।













Discussion about this post