Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

हत्याको विषयमा सुनसरी प्रहरी मौन, प्रहरी अधिकारीले घटनालाई गुपचुप राखेको पीडितको आरोप

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २, २०७७
in समाचार
0
आफ्नै साथीको हत्या गरि फरार रहेका सुनसरीका कुमार १३ वर्षपछि पक्राउ
650
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको कोसी गाउँपालिका–३ जमुवा टोलका गङ्गाई दास मलाहाको हत्यारालाई कारबाही गर्नमा प्रहरी मौन रहेको पीडित परिवारले आरोप लगाएका छन् ।

कोसी गाउँपालिका–३ मा पत्रकार सम्मेलन गर्दै घटनाको पुनः छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । प्रहरी अधिकारीले घटनालाई गुपचुप राख्ने कार्य गरेको भन्दै घटनाको सत्य–तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न मृतकका छोरा शम्भु मुखियाले माग गरेका हुन् ।

२०७७ पुस ७ गते राति १०ः३० बजेको समयमा कपडा क्यारिङको विषयमा विवाद हुँदा सोही ठाउँका उदिचन्द मुखिया, कृपा मुखिया, मनोज मुखिया, सुवालाल मुखिया, पवन मुखियाले मुड्की र माछा काट्ने काठको मुङ्ग्राले आक्रमण गरी हत्या गरेको शम्भुले दाबी गरे ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको फितलो अनुसन्धान गरेका कारण दोषीले उन्मुक्ति पाएको पीडित परिवारको आरोप छ । भारतीय बजारबाट अवैधरूपमा ल्याइएको कपडाको विषयमा विवाद हुँदा गङ्गाईलाई कुटिपिट गरेका कारणले गङ्गाईको मृत्यु भएको स्थानीय सुखीलाल मुखियाले बताए ।

अवैध कपडाको विषयमा विवाद हुँदा क्यारिङ गर्ने व्यक्तिले कुटपिट गरेका कारण गङ्गाईको मृत्यु भएको स्थानीय आशालाल मलाहको भनाइ छ । भन्सार छली गरेर भारतीय बजारबाट अवैधरूपमा ल्याइएको कपडा आफ्नो परालमा लुकाएर राखेको र त्यहाँ किन राखेको भन्दा झगडा भएपछि सोही क्रममा आफ्नो हजुरबुबा गङ्गाईलाई उदिचन्द, कृपा, मनोज, सुवालाल, पवनसहितका व्यक्तिले कुटपिट गरेर हत्या गरेको भए पनि प्रहरी प्रशासनले त्यो घटना लुकाउन तथा ढाकछोप गर्ने कार्य गरेको मृत्तकका नाति राजकुमार मुखियाले आरोप लगाए ।

घटनास्थलमा फेला परेको माछा काट्ने काठको मुङ्ग्रो, भारतीय अवैध क्यारिङ गरी ल्याइएको कपडा र त्यहाँ छोडिएका जुत्ता, चप्पलको सूक्ष्म अध्ययन नगरी प्रहरीले अनुसन्धानको फरक मुचुल्का बनाएको पीडित परिवारको आरोप छ ।

पोष्टमार्टम रिपोर्टमा समेत कुटपिटबाट मृत्यु भएको उल्लेख भएको दाबी पीडित परिवारको छ । प्रहरीलाई घटनाको सूक्ष्म अध्ययन गर्न आग्रह गर्दा आश्वासन मात्रै पाएको तर अनुसन्धान नभएको मृतककी नातिनी रेखादेवी मुखियाले बताइन् । हत्या गर्ने व्यक्तिलाई आफूले चिनाउँदासमेत प्रहरीले पक्राउ गर्नमा आनाकानी गरेको परिवारको आरोप छ ।

यता यस विषयमा सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा भने प्रहरीले तथ्यमा आधारित रहेर अनुसन्धान गर्ने बताए । उनी भन्छन्, ‘पीडित परिवारलाई दोषीले बढीभन्दा बढी सजाय पाओस् भन्ने लाग्नु स्वभाविक हो तर, प्रहरीले तथ्यमा आधारित रहेर अनुसन्धान गर्ने भएकाले तथ्यभन्दा बाहिर जान सक्दैन ।’

राजन निरौलाले लेखेको यो समाचार ब्लाष्टखबरबाट साभार गरिएको हो ।

Tags: #सुनसरी #सुनसरी प्रहरी#हत्या
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.