खोटाङ : रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ बस्ने ४२ वर्षीया उर्मिला थापाको रुखबाट लडेर मृत्यु भएको हो ।
आइतबार दिउँसो ४ बजे घर नजिकै आफ्नै बारीमा रहेको दूधिलोको रुखको घाँस झार्ने क्रममा रूखबाट लडेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।












Discussion about this post