सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचामा शंकास्पद मृत्यु भएको अवस्थामा एक युवाको शव बिहीबार बिहान भेटिएको छ ।
सुन्दरहरैँचा नगरपालिका–५ का २५ वर्षीय सुरज चौधरीको शव तेलिया खोलाको पानीभित्र भेटिएको हो । उनको शव खोलाको पानीभित्र डुबिरहेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले बिहान प्रहरीलाई खवर गरेका थिए ।
भित्री कच्ची सडक खण्डको पक्की पुलबाट १० फिटजति तल रहेको खोलामा शव भेटिएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
मृत फेला परेका सुरजले जिन्स प्वाइन्ट, टी–सर्ट र चप्पल लगाएका छन् । घटनास्थलमा रहेको पुलमाथि भने एउटा मोटरसाइकल भेटिएको छ । पुलमा लडिरहेको अवस्थामा को ३७ प ७४४५ नम्बरको मोटरसाइकल र शव भने पुलमुनिको खोलामा भेटिएपछि प्रहरीले घटनालाई शंकास्पद मानेको छ ।
घटनाको अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले घटनास्थल मुचुल्का उठाएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post