इटहरी : नेपाल तरुण दल इटहरी उपमहानगरपालिकामा नगर सदस्य विस्तार गरिएको छ ।
तरुण दल इटहरी सभापति बिष्णु खत्रीका अनुसार संगठनका रहेर काम गर्दै आएका इटहरीका ६ जनालाई नगर सदस्यमा मनोनित गरिएको हो ।

उनका अनुसार मनोनित हुनेमा इटहरी २० का शम्भु कार्की र जीवन राई रहेका छन् । त्यस्तै, इटहरी ३ का सविन राई, इटहरी ८ का गिरिराज गिरी, इटहरी ४ का सुरजकुमार चौधरी र इटहरी ९ का पुष्कर श्रेष्ठ रहेका छन् ।
संगठनलाई मजबुत बनाउनका निम्ति नगर समिति विस्तार गरिएको खत्रीले बताए ।













Discussion about this post