धरान : धरानमा मोबाईल मर्मत र सिलाई कटाई तालिम सुरु भएको छ ।
हिजो (शुक्रबार) बाट सुरु भएको मोबाईल मर्मत तालिममा ४० जना युवायुवतीहरु सहभागी छन् भने एक हप्ता अघिबाट सुरु भएको सिलाई कटाई तालिममा २० जना महिलाहरु सहभागी भएका छन् ।
नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको समृद्धि परियोजनाको सहयोग तथा हेल्भाटास नेपालको प्राविधिक सहयोगमा धरान १५ स्थित पूर्वाञ्चल बहुप्राविधिक तालिम केन्द्रमा तालिम सञ्चालन भइरहेका छन् ।
तालिमका संयोजक गणेश तामाङका अनुसार ४० जनालाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका आजबाट मोबाइल मर्मत तालिम दिन सुरु गरिएको हो । मोबाइल मर्मत तालिममा १२ जना युवतीहरुले समेत सहभागिता जनाएका छन् ।
प्रशिक्षार्थीहरुलाई सिटिभिटिको पाठ्यक्रम अनुसार ३ सय ९० घण्टा (६५ दिन) समय अवधिभर तालिम दिईने तामाङले बताए । उनले अहिले समृद्धिको प्रोजेक्ट अन्तर्गत दुईवटा तालिम दिन थालिएको जानकारी दिए ।
धरान उपमहानगरपालिकाका सामाजिक शिक्षा अधिकृत भक्तिराज शर्माले तालिम उपलब्धीमूलक र आत्मनिर्भर बन्न सहज हुने बताए ।
तालिमको अनुगमन तथा निरीक्षण धरान उपमहानगरपालिकाले गर्ने बताउँदै उनले भने, ‘यो कार्यक्रम विशेष गरेर टाइम पासको लागि मात्र हैन, यसले भोली गएर हामी आफ्नै स्थानीय तहमा केही गर्छौ, जसले गर्दा भोलि गएर स्वरोजगार हुन्छौं ।’












Discussion about this post