उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टरबाट लडेर गएराति एकजनाको ज्यान गएको छ ।
रामपुरबाट बेल्टारतर्फ जाँदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरबाट खसेर चौदण्डीगढी–२ का २६ वर्षीय रुपेश लामाको मृत्यु भएको हो ।
राति ९:४० बजेतिर ट्याक्टरबाट खसेर घाइते भएका उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टरका चालक २६ वर्षीय टङ्क कामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।














Discussion about this post