इटहरी : ठूलो परिणामको गाँजासहित सुनसरीबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाउँपालिका वडा नं ४ कोशी कटान देखि ५ सय मिटर पश्चिम सडक छेउ बाँसझाङमा बालुवाको थुप्रोमा खाल्डो बनाई बालुवाले पुरेर लुकाई छिपाई राखेको अवस्थामा ३ वटा प्लाष्टिकको बोरामा प्रति वोरा २९ किलोग्रामका दरले जम्मा ८७ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका वडा नं ६ श्रीपुर बस्ने उदय कुमार मुखिया र सोही स्थान बस्ने भक्ति भन्ने बिहारी मुखिया रहेका छन् ।
नेपालमा प्रतिबन्धित गाँजा तस्करी गरी भारततर्फ लैजादै छन् भन्ने बिशेष सूचनाको आधारमा उनीहरुलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्धा दर्ता गरी सुनसरी जिल्ला अदालतबाटपाँच दिनको म्याद थप गरिएको प्रहरील् जनाएको छ ।














Discussion about this post