इटहरी : प्रदेश १ प्रदेशसभाको सातौँ हिउँदे अधिवेशनको अन्तिम बैठकलाई सम्बोधनका लागि पुगेका मुख्यमन्त्री शेरधन राई सम्बोधन नगरी फर्किएका छन् ।
प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि जारी अधिवेशनको आठौँ तथा अन्तिम बैठकमा पुगेका मुख्यमन्त्री राईले सम्बोधन नगरी फर्किएका हुन् ।
जारी अधिवेशनको बैठकमा पहिलो पटक सहभागी हुन पुगेका मुख्यमन्त्रीले विशेष समय लिएर सम्बोधन गर्ने तयारी थियो । तर नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टीले संसद् अवरुद्ध गरे ।
नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सूचारु गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, निर्वाचन क्षेत्र पूर्वाधार कार्याक्रमको बजेट कार्यान्वयन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएका थिए ।
प्रतिपक्षीको माग सम्बोधन गर्न चासो नदिएको सरकारले आइतबारबाटै सातौँ अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । आइतबार पनि अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको पत्र वाचन गरे ।
प्रदेश १ को हिउँदे अधिवेशन गत माघ ७ बाट सुरु भएको थियो ।














Discussion about this post