धरान : धरान उपमहानगरपालिकामा रहेका विद्यालयहरु बिहीबारदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।
आज धरान उपमहानगरपालिकामा बसेको सरोकारवाला पक्षसँगको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले वैशाख भर विद्यालय बन्द गर्ने निर्णय गरेसँगै आज धरानमा बैठक बसेको हो ।
बुधबार भने विद्यार्थीहरुलाई वार्षिक परीक्षा र स्वास्थ्य सुरक्षा प्रोटोकलबारे जानकारी गराउन एक दिन विद्यालय लाग्न दिने निर्णय गरिएको शिक्षा महाशाख प्रमुख रत्न कटवालले जानकारी दिए ।
उनका अनुसार वैशाख १४ गतेदेखि वार्षिक परीक्षा सुरु हुने र २४ गतेभित्र परीक्षा सक्ने निर्णय गरिएको छ ।














Discussion about this post