इटहरी : इटहरीकी एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरी २ की ७८ वर्षीया वृद्धाको आज दिउँसो १ बजेर ५८ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
उच्च रक्तचापको बिरामी रहेकी वृद्धालाई चैत २४ गते कोभिड पुष्टि भएको थियो ।
उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए ।













Discussion about this post