मोरङ : मोरङ लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटार का ५१ वर्षीय सहबिर मगर रहेका छन् ।
पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढेर आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडिको चक्काले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
बस र चालक पथरीशनिश्चरे ४ का ३३ वर्षीय गंगाप्रसाद लुईटेल प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Discussion about this post