इटहरी : विराटनगर महानगरपालिकामा पनि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आइतबार विहानबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको हो । अन्य पालिकाहरूमा सङक्रमण दर कम भएका कारण निषेधाज्ञाको निर्णय नभएको उनले बताए ।
यो पनि – सुनसरीमा शुक्रबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय
शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको उनले बताए ।
सवारीसाधनलाई पूर्ण रूपमा आवतजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको जानकारी दिए ।
















Discussion about this post